सुकेधारा निलोपुल स्थित ब्रेन ल्याण्ड एकेडेमीले नेपालमै पहिलो पटक शिक्षण सिकाईमा नौलो प्रयासको थालनी गरेको छ ।
सामाजिक शिक्षा बिषय अन्तर्गत कक्षा ७ र ८ को पाठयक्रममा समावेश सार्कका बिषयमा विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई अभ्यास गर्दै पढाउने उदेश्यसहित विद्यालयले नमुना कार्यक्रम मोडेल सार्क समिट आयोजना गरेको हो । बिएलए मोडेल सार्क समिट नाम दिईएको सो भाद्र १३ र १४ गरि दुई दिन सम्म चलेको थियो । बालबालिकाहरुले सार्क मुलुकका ८ वटै देशहरु नेपाल, भारत, पाकिस्तान, बङ्लादेश, अफगानिस्तान, भुटान, माल्दिभ्स र श्रीलंकाबाट ३ जनाको प्रतिनिधित्व हुने गरि नमुना प्रस्तुती दिदै प्रधानमन्त्री, विदेश मन्त्री र विदेश सचिवको हैसियतले छलफलमा सहभागी थिए । कार्यक्रम माझ उनीहरुले प्रतिनिधिका रुपमा हरेक देशका आ आफना हित तथा समस्यासँग सम्बन्धित रही कार्यपत्र प्रस्तुती, सार्कको साझा एजेण्डा माथि छलफल, हरेक देशका साथै सार्कको साझा समस्यालाई हल गर्ने उपाय बारे बुँदागत रुपमा लिपिबद्ध गरि घोषणापत्र जारी गरेका छन् ।
विहिवार शुरु भएको बिएलए नमुना सार्क समिट २०८१ को उदघाटन पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले गर्नुभएको थियो भने नेपाल सरकार परराष्ट्र मन्त्रालय अन्तर्गत सार्क महाशाखा प्रमुख एवम् सार्क सचिवालय निर्देशक रही सार्क बारे गहिरो ज्ञान एवम् अनुभव बटल्नु भएका पूर्व राजदूत प्रद्युम्न बिक्रम शाहको प्रमुख आतिथ्यतामा समापन समारोहमा प्रमुख अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा शिक्षासेवी, बरिष्ठ संचारकर्मी सरोज ओझा, वेद व्यास स्कुलका भाईस प्रिन्सिपल विजय न्यौपाने अतिथिका रुपमा कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो ।
त्यसो त विद्यार्थी٫ विद्यालय व्यवस्थापन लागायतका सरोकारवालासँग हामीले कार्यक्रमबाट भएको सिकाई उपलब्धी तथा अन्य बिषयलाई समेटेर प्रश्न राखेका थियौ । जसमा सरोकारवालाहरुको प्रतिकृया यस्तो रहेको छन।