Fast Nepal News

२०८४ को चुनावमा कर्णालीको विकास गर्ने गरी चुनाव जित्ने-रवि लामिछाने

banner single news

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेले आगामी २०८४ को चुनावमा कर्णालीको विकास गर्ने गरी चुनाव जित्ने बताएका छन् ।

सुर्खेतमा कर्णाली विशेष अभियान अन्तर्गत कर्णाली प्रदेश भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले कर्णालीले कयौं नेतालाई सिंहदरबार पठाए पनि नागरिकले महसुस गर्ने गरी काम गर्न नसकेको बताएका छन् । उनले कर्णालीको विकासका लागि रास्वपा मात्रै विकल्प भएको बताएका छन् ।

Inside Article Ads

सभापति लामिछानेले राजनीतिमा आँट, तागत र ढंग यी तीन कुरा हुन आवश्यक रहेको जिकिर गरेका छन् । उनले आफूहरु आगामी निर्वाचनमा पुराना नेताहरुलाई स–सम्मानका बिदा गरी कर्णाली सहित देशको विकासमा लाग्ने बताएका छन् ।

Visited 28 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.