Fast Nepal News

गुण्डुको खानेपानी चुनावमा नगरपालिकाका कर्मचारीहरु आचारसंहिता विपरित प्रचारमा

banner single news

भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुको गुण्डु बृहत खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको चुनावमा स्थानीय तहको चुनावको झल्को दिने गरी प्रतिष्पर्धा हुने भएको छ । नेकपा एमालेको पोलिटव्यूरो सदस्य एवम् भक्तपुर जिल्ला इन्चार्ज महेश बस्नेतको गृह वडाको खानेपानी निर्वाचनमा सत्ता गठबन्धनबीच नै प्रतिष्पर्धा हुने भएको हो ।
एकातर्फ नेकपा एमालेका नेता एवम् जिल्ला समन्वय समिति भक्तपुरका पुर्व उपप्रमुख सरिता कुँवर नेतृत्वको प्यानल छ भने अर्कोतर्फ नेपाली कांग्रेसका वडा सभापति जगदिश बस्नेत नेतृत्वको समूह चुनावमा प्रतिष्पर्धा गर्दैछन ।
बस्नेतले आफ्नो समूहलाई लोकतान्त्रिक र गैर दलिय समूह भएको दावी गरेका छन् । उनले आफु कांग्रेसको नेता भएपनि खानेपानीमा गैर राजनैतिक समूहको नेतृत्व गरेको बताएका छन्। उनले संस्थाको पारदर्शिता र उपभोक्ताको चाहना बमोजिम खानेपानीको शुद्धता र वितरण मूख्य एजेण्डा बनाएको बताएका छन् ।
खानेपानी चुनावका लागि उम्मेदवार घरदैलो कार्यक्रममा व्यस्त छन । दुवै समूहका अध्यक्षहरु आफ्नो टोली लिएर उपभोक्ताका घरघर पुगेर मत मागीरहेका छन् ।
यसैबीच खानेपानीको निर्वाचनमा आचारसंहिता विपरितका गतिविधि बढ्दै गएको छ । सूर्यविनायक नगरपालिकाका कर्मचारीहरु खुल्लमखुल्ला निर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्ने गतिविधिमा संलग्न भएको पाइएको छ ।
खानेपानीको निर्वाचन नजिकिँदैं गर्दा मासु र मदिरासहितको भोजभतेर समेत बढ्न थालेको स्थानीय उपभोक्ताहरु बताउँछन । सूर्यविनायक नगरपालिकाका नगर प्रहरी बिश्व फाँजुले खानेपानीका उपभोक्ता समितिका सदस्यहरु भेला गरि खानीपानी चुनावलाई प्रत्यक्ष प्रभाव पार्ने गरी भोज खुवाएको जानकारी प्राप्त भएको छ । यस बारेमा प्रमुख प्रशासकिय प्रमुख समेत जानकार रहेको स्रोतले बताएका छन् ।
सूर्यविनायक नगरपालिका वडा नं। ७ गुण्डुको वडाअध्यक्षसहितका जनप्रतिनिधि एमालेका छन् । कर्मचारीहरु पनि एमाले समर्थित नै भएको र उनीहरु पनि खानेपानीको चुनावमा कुँवरको पक्षमा प्रचार प्रसारमा जुटेको बस्नेत पक्षको आरोप छ ।
खानेपानीको चुनावी कार्यक्रम समेत वडा कार्यालयमा भएको छ । शनिवार अध्यक्षका उम्मेदवार कुँवर पक्षले वडा कार्यालयको सभाहलमा चुनावी कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा नेकपा एमालेका नेता महेश बस्नेत, सूर्यविनायक नगरपालिका वडा नं। ७ का वडाअध्यक्ष एवम् नगर प्रवक्ता रविन्द्र सापकोटासमेत सहभागी भएका थिए ।
समितिको चुनाव यही भदौ १५ गते शनिवार हुँदैंछ ।

 

Inside Article Ads
Visited 42 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.