Fast Nepal News

अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स आईसीसी, नेपालको अध्यक्षमा राजेशकाजी श्रेष्ठ निर्विरोध निर्वाचित

banner single news

सन् १९१९ मा फ्रान्सको पेरिसमा स्थापित विश्वका व्यवसायीहरूको सर्वोच्च संस्था र १७० देशका करिब ४ लाख ५० हजार सदस्य भएको अन्तर्राष्ट्रिय संस्था अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स आईसीसी, नेपालको अध्यक्षमा राजेशकाजी श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ ।

मंगलबार काठमाडौंमा सम्पन्न सम्पन्न आईसीसी नेपालको साधारणसभाबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएका हो। त्यसैगरि आईसीसीको वरिष्ठ उपाध्यक्षमा लोकमान्य गोल्छा निर्वाचित हुनुभएको छ भने उपाध्यक्षतर्फको निर्वाचनमा संस्थागततर्फ दिनेश श्रेष्ठ, लिमिटेड कम्पनीहरुतर्फ गणेश कार्की, बैंकिङ क्षेत्रतर्फ सुनिल केसी, बीमा क्षेत्रतर्फ चंकी क्षेत्री र एशोसियट कम्पनीतर्फ राजेन्द्र अर्याल निर्विरोध निर्वाचित हुनुभएको छ । साथै, निर्वाचनबाट पदेन उपाध्यक्षमा राजेन्द्र मल्ल र मानार्थ उपाध्यक्षमा लाक्पा सोनाम शेर्पा चयन हुनुभएको छ । त्यसैगरी, उक्त निर्वाचनले महासचिवमा नरेश प्रसाद श्रेष्ठ, कोषाध्यक्षमा कुश प्रसाद मल्ली र सचिवमा रामशरण भण्डारी र रेखा घिमिरेलाई चयन गरेको छ।

अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सको कार्यकारिणी सदस्यहरुमा ज्ञानेन्द्र ढुङ्गाना, अशोक शेरचन, अशोक अग्रवाल, मिनबहादुर गुरुङ, अर्जुन प्रसाद शर्मा, सुदेश खालिङ, रमेश शर्मा, सुदर्शन चापागाइँ, सञ्जय अग्रवाल, उर्मिला श्रेष्ठ, सुसन कर्माचार्य, देशबन्धु बस्नेत, पवित्र कुमार कार्की, रविचन्द्र सिंह, विजय श्रेष्ठ, त्रिभुवनधर तुलाधर, सुजन श्रेष्ठ, विप्लब पौडेल, दीपक कुमार श्रेष्ठ र पोषकराज पौडेल निर्वाचित हुनुभएको छ। सुरेन्द्रवीर मालाकार संगठनको नेपाल च्याप्टर निवर्तमान अध्यक्ष हुनुहुन्छ।

Inside Article Ads

सो अवसरमा बोल्दै आईसीसी नेपालका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले नेपालमा व्यावसायिक वातावरण निर्माणका लागि आईसीसी नेपालले सरकार, रोजगारदाता, बैंक र वित्तीय क्षेत्र, कानुन निर्माता एवं विभिन्न व्यावसायिक संघहरूसँग मिलेर समन्वयात्मक ढंगमा कार्य गर्ने बताउनुभयो। साथै, उहाँले आईसीसीलगायत विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरूको ध्यान नेपालमा लगानी प्रवर्द्धन गर्न तथा नेपालबाट निर्यात प्रवर्द्धनका साथै पर्यटन प्रवर्द्धन गर्नुका अतिरिक्त देशभित्र र बाहिर परिआउने व्यावसायिक विवादहरूको मध्यस्थताका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामाथि जोड दिईने उल्लेख समेत गर्नुभयो ।

 

 

Visited 69 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.