Fast Nepal News

जलबिद्युत आयोजनाको अडिट टु मा कामगर्ने एकजना मजदुरको ढुङ्गा खसेर मृत्यु

banner single news

संखुवासभाको मकालु गाउँपालिका ५ मा निर्माणधिन नौ सय मेगावाटको अरुण तेस्रो जलबिद्युत आयोजनाको अडिट टु मा कामगर्ने एकजना मजदुरको ढुङ्गा खसेर मृत्यु भएको छ ।

अरुण तेस्रो आयोजनाको बाटो बनाउने ग्यालजियमको काम गर्ने क्रममा बर्दिया ठाकुरबाबा नगरपालिका ९ का ४९ बर्षीय तुलसीराम थारु आईतबार साँझ माथिबाट ढुङ्गा झरेर घाईते भएका थिए ।

Inside Article Ads

थारुको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी घनश्याम श्रेष्ठले बताएका छन् । हालसम्म अरूण तेस्रोको काम करिब ७५ प्रतिशत सम्पन्न भईसकेको छ ।

Visited 41 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.