Fast Nepal News

अवैध गोलिया काठ बोकेको बोलेरो जिपसमेत एक जना पक्राउ

banner single news

डिभिजन वन कार्यालय सुर्खेत वीरेन्द्रनगरले अवैध गोलिया काठ बोकेको बोलेरो जिपसमेत एक जना पक्राउ गरेको छ ।

वनको गस्ती टोलीले गएराती वीरेन्द्रनगर, मिलनचोकबाट अवैध गोलिया काठ बोकेको लु२च–२२३ नम्बरको बोलेरो जिपसमेत काठ तस्करीमा संलग्न वीरेन्द्रनगर, फलाटेका धनिराम चौधरीलाई पक्राउ गरेको हो ।

गस्ती टोलीले चौधरीसहित बोलेरो जिप, मोटरसाइकल र ४९. ७२ क्युफिट गोलिया काठ नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको वन कार्यालयका सूचना अधिकारी प्रशान्त श्रेष्ठले जानकारी दिएका छन् । उनले गस्ती टोली देख्ना साथ भागेका चार जना काठ तस्कर मध्य कर्णाली प्रदेश–०२–००१प–९६६७ नम्वरको मोटरसाइकलमा सवार धनिराम चौधरीलाई मात्र पक्राउ गर्न सफल भएको जनाएका छन्।

उनका अनुसार काठ तस्करीमा संलग्न ३ जना भागेर फरार भएकाहरूको खोजी कार्य जारी राखिएको छ । उनीहरु माथि वन ऐन २०७६ अनुसार कारवाही अगाडि बढाइएको उनको भनाइ छ ।

Inside Article Ads

वीरेन्द्रनगर आसपासका क्षेत्रमा पछिल्लो समय विभिन्न आयोजना निर्माण क्षेत्रहरू आसपास कटान मुछान भई घाटगद्दी गरेर राखिएका गोलिया काठको चोरी हुने क्रम बढेको गुनासो आएपछि वन कार्यालयले सघन गस्ती बढाएर काठ तस्करीमा संलग्न सङ्गठित गिरोहको नजिक पुगिसकेकाले छिट्टै अरुलाई पनि पक्राउ गरी सार्वजनिक गरिने डिभिजन वन कार्यालयका प्रमुख बसन्त बाबु श्रेष्ठले जानकारी दिएका छन्।

वीरेन्द्रनगरमा लामो समयदेखि लेकबेसी, भेरीगङ्गा र बराहताल आसपासका क्षेत्रका सामुदायिक र राष्ट्रिय वन क्षेत्रबाट सङ्गठित काठ तस्करहरूको गिरोहले काठ तस्करी गर्दै आइरहेको छ ।

Visited 37 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.