Fast Nepal News

तनहुँको ऐना पहरामा भएको बस दुर्घटनामा यात्रुहरुको उद्दार कार्य जारी

banner single news

तनहुँको ऐना पहरामा भएको बस दुर्घटनामा यात्रुहरुको उद्दार कार्य जारी रहेको छ।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार बसमा ४० जना यात्रु थिए । ती मध्ये १६ जनाको उद्दार गरिएको छ।

बाँकी यात्रुको उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मर्स्याङदी नदीमा खसेको हो ।

आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस केहीबेर अघि मस्र्याङ्दी नदीमा खसेको थियो ।

Inside Article Ads

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिएका छन् । उनका अनुसार बसमा भारतीय पर्यटक रहेका थिए ।

यात्रुको सङ्ख्या अझै एकिन हुन सकेको छैन ।

अहिले प्रहरी टोली घटनास्थलमा पुगेर यात्रुको उद्धार गरिरहेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।।

 

 

Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.