Fast Nepal News

शेरबहादुर देउवा- काँग्रेस र एमालेबीच भएको सहमति कुनै पार्टीको खिलापमा नभएको

banner single news

नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले दुई ठुला पार्टी काँग्रेस र एमालेबीच भएको सहमति कुनै पार्टीको खिलापमा नभएको बताएका छन् ।

मंगलबार नेपाली काँग्रेसका नेता एवं समाजवादी चिन्तक स्व प्रदीप गिरीको स्मृतिमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले ठुलो दुई पार्टी बिचको संविधान संशोधन गर्ने सहमतिलाई अन्य दलहरूले आफ्नो खिलाफको रूपमा लिन नहुने पनि बताएका छन् ।

सभापति देउवाले संविधान संशोधनको क्रममा उपराष्ट्रपतिलाई नै राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिने विषयमा पनि अन्य दलको सहमति भए आफूहरूले सो विषयमा पनि संविधान संशोधन गरेर अघि बढन तयार रहेको बताएका छन् । सभापति देउवाले सबै पक्षसँग छलफल गरेर मात्रै आफूहरू अघि बढ्ने पनि बताएका छन् ।
सभापति देउवाले दुई पार्टीबीच भएको सहमति सोची विचारगरी भएको सहमति भन्दै यसमा आशंका गरिरहनु पर्ने आवश्यक्ता नभएको बताएका छन् ।

Inside Article Ads

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली प्रजातन्त्रको मूलभूत सिद्धान्तको पक्षमा रहेको संविधान संशोधनमा सबै पार्टीहरूलाई साथसाथै लिएर जाने प्रतिवद्धता पनि जनाएका छन् ।

कार्यक्रममा नेकपा समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपालले कांग्रेस र एमालेका दुईवटा ठुला नेताले मध्यरातमा हस्ताक्षर गरेर संविधान संशोधन सम्भव नहुने बताएका छन् ।

Visited 34 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.