Fast Nepal News

चलचित्र रावायणको ट्रेलर सार्वजानिक पल शाहलाई डबल रोलमा

banner single news

पुजा शर्मा र सुर्दशन थापा फिल्मस् प्रोडक्शनबाट निर्मित चलचित्र रावायणको ट्रेलर सार्वजानिक भएको छ । यही भाद्र २१ गतेबाट सिनेमाघरमा आउने चलचित्र रावायणमा पुजा शर्मा, पल शाह, प्रियांका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह, आदी कलाकारहरुको मुख्य भुमिकामा रहेको छ भने चलचित्रलाई निर्देशन सुर्दशन थापाले गरेका छन् । बिशेष गरि रोमान्टिक लभ स्टोरी चलचित्र र्निदेशन गरिरहेका थापाले पहिलो पटक एक्शन चलचित्र निर्माण गरेका हुन् । चलचित्रको टिजर देखि गीत रिलजि गर्दा सम्म दर्शकको ताली पाएका निर्माण पक्षले हाल सम्म पाएको दर्शकको प्रतिकृया उत्साह जनक रहेको देख्न सकिन्छ । उत्कृष्ट छायांकन का साथमा श्री श्रेष्ठको उत्कृष्ट द्वन्दले चलचित्रलाई अझ उत्कृष्ट बनाउनका लागि यस चलचित्रको ब्याग राउन्ड साउन्ड स्कोर समेत भारतमा गरिदै रहेको निर्माण पक्षले जनाएको छ । हाल सम्म रिलिज भएको ट्रिजर गीत र ट्रेलर हेर्दा दर्शकको राम्रो प्रतिकृया पाएको चलचित्रले नेपालमा पहिलो पटक पल शाहलाई डबल रोलमा फिचर गरेको छ । राम र रावणको दुबै अवतारमा देखिएका पल शाहको संबादले पनि चलचित्र रावायणको संबाद उत्कृष्ट रहेको देख्न सकिन्छ । नेपालको तराई भुभागमा निर्माण भएको चलचित्र झट्ट हेर्दा चलचित्रको कलर ग्रेडिङ, स्थानिय पहिरन, रहनसहन, भाषा, र चलचित्रमा देखाइने घरेलु हातहतियारका कारण पनि धेरै नेपाली दर्शकले साउथ मुभिको स्वाद रहेको प्रतिकृया जनाई रहेकाछन् भने बिश्वबजारमा तहल्का मच्चाई रहेको साउथ चलचित्र सँग तुलना गर्नु पनि राम्रो पक्ष रहेको निर्देशक थापाले बताएका छन् । हाल सम्म टिजर, ट्रेलर र एक गीत रिलिज भै सकेको अबस्थामा केही दिनमा नै फेरी नयाँ गीत रिलिज हुने निर्माण पक्षले बताएका छन् भने आक्रमक प्रचारप्रसारको शैली र उत्कृष्ट प्रस्तुतीका कारण पनि यस चलचित्रले बक्स अफिसमा राम्रो ब्यापार गर्न सक्ने अनुमान गरिएको छ ।

Inside Article Ads
Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.