
फिल्म निर्देशन दिनेश पौडेललाई ठुलो बज्रपात परेको छ।
२६ बर्ष उमेरको लक्का जवान छोरो विवेकलाई गुमाउनु पर्दा निर्देशक पौडेलको जीवनमा ठूलो पिडा आएको छ । छोरा विवेकलाई नयाँ नेपाली फ्लिममा डेब्यु गराउने योजना बमोजिम सिक्किमका नेपाली मुलका फ्लिम निर्मातासंग छलफल गर्न पौडेल सिक्किम गएका थिए । यता नेपालमा भने श्रावण २४ गते छोरो विवेक २ जना साथी संग सुन्दरीजल, धापड्याम स्थित नागमती खोलामा पौडी खेल्न गए।
तर दुर्भाग्य विवेकलाई पौडी खेल्दाखेल्दै खोलाले बगाएर बेपत्ता पार्यो । श्रावण २५ शुक्रबार छोराको लास भेटियो । खबर पाउने बितिक्कै सिक्किमबाट पौडेल फर्किएर अहिले एउटै मात्र लक्का जवान छोराको किरिया गर्न कोरामा छ्न । दु:खान्त फ्लिमको क्लाईमेक्सको कहानी जस्तो बनेर निर्देशक पौडेलको जीवनमा दशा आईपरेको छ ।यतिखेर पौडेलको छोरालाई नायकमा डेब्यु गराएर नयाँ फ्लिम बनाउने योजना सबै भताभुङ्ग भएका छन । यस्तो विपतको घडीमा पनि निर्देशक पौडेलले नत निर्देशक समाज,नत निर्माता संघ नत कलाकार संघको सहानुभूति पाएका छन् ।
कोहीपनी नेपाली चलचित्र जगतका ब्यक्तिहरु पौडेललाई परेको दु:खमा सान्त्वना दिन नआएको देख्दा अचम्म मान्नुपर्ने भएको छ । पौडेलले ‘गद्धार’, ‘शंकरदादा’, ‘दि मस्ट वान्टेड’, ‘जस्ट फर यु’, ‘कम्पन’, ‘कसुर’, ‘रे’ जस्ता फ्लिम निर्देशन गरिसकेका छन । नेपाली कलाकर्मीहरुले यस्तो विपतको अवस्थामा पौडेल प्रति सहानुभूति व्यक्त गर्नु पर्ने होईन र?
