Fast Nepal News

सडक भासिंदा दाउन्नेमा सवारी साधन एकतर्फी मात्र सञ्चालनमा

banner single news

पूर्व पश्चिम राजमार्ग अन्र्तगत पूर्वी नवलपरासीको दाउन्नेमा सडक भासिएको छ ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार सडक भासिंदा दाउन्नेमा सवारी साधन एकतर्फी मात्र सञ्चालनमा रहेको छ ।

अघिल्लो वर्ष सडक छेउको घर भासिएको स्थानमा थप पहिरो जाँदा सडक भासिएको हो । सडक डिभिजन कार्यालयको संयोजनमा आज मर्मतको काम शुरु गर्ने प्रहरी नायव उपरीक्षक पौडेलले बताएका छन्।

Inside Article Ads

बुटवल–नारायणगढ सडक विस्तारका क्रममा जीर्ण भएको दाउन्ने खण्डको यात्रा अहिले निकै कष्टकर भएको छ ।

Visited 38 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.