Fast Nepal News

गुल्मीमा जङ्गली च्याउ खाएर एकै घरका ८ जना बिरामी

banner single news

गुल्मीमा जङ्गली च्याउ खाएर एकै घरका ८ जना बिरामी परेका छन् ।

जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–८ निवासी ६५ वर्षका टोम बहादुर थापा, ६२ वर्षकी दिल कुमारी श्रीस, ३८ वर्षका लक्ष्मण थापा, २९ वर्षका बिकास थापा, १० वर्षकी दिपदिका थापा, १२ वर्षकी बिनिसा थापा, ४२ वर्षका सृजना काउछा र ३९ वर्षकी गिता थापा बिरामी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताएका छन् ।

Inside Article Ads

जिल्लाको रेसुङ्गा सामुदायिक बनबाट ल्याएको डल्ले च्याउ जस्तो देखिने जङ्गली च्याउ खादा बिरामी परेका थिए । उनीहरुको जिल्ला अस्पताल तम्घास गुल्मीमा सामान्य उपचार पश्चात थप उपचारको लागी लुम्बिनि मेडिकल कलेज प्रभास पाल्पा लगिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बिरामी परेका ८ जनाको अवस्था सुधार हुँदै गएको प्रहरी निरीक्षक केसीले बताएका छन्।

Visited 26 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.