Fast Nepal News

कांग्रेसका जिल्लास्तरीय नेता गिरीको कोरोनाबाट मृत्यु

banner single news

काठमाडौं, भदौ २ – कोरोनाभाइरस संक्रमण पुष्टि भएका नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको बिहान मृत्यु भएको छ । नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय गिरीको पाटन अस्पताल ललितपुरमा बिहान ६ बजे मृत्यु भएको हो ।

कोरोना संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते पाटन अस्पतालमा भर्ना भएका गिरीको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो । गए राति ११ बजेदेखि स्वासप्रस्वासमा समस्या आएको उनको बिहान ६ बजेतिर मृत्यु भएको हो ।

Inside Article Ads

गिरीको केही समयअघि युनिभर्सल मेडिकल कलेज भैरहवामा पित्तथैलीको पत्थरीको शल्यक्रिया भएको थियो । त्यसपछि स्वासप्रस्वासमा समस्या देखिएपछि मेडिकल कलेजमा पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । तत्कालीन फोरम लोकतान्त्रिकका नेता रहेका उनी कांग्रेससँग एकीकरणपछि नेपाली कांग्रेसको जिल्ला उपसभापति भएका थिए ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.