Fast Nepal News

टुकुचा खोला माथिको सडक भासिएपछि सडक अवरुद्ध

banner single news

काठमाडौँ महानगरपालिकाको कार्यालय अगाडि टुकुचा खोला माथिको सडक भासिएपछि सडक अवरुद्ध भएको छ ।

सडक भासिएसँगै काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहले खोला माथि पुल बनाउने हो सडक घर घोइन भनि प्रतिक्रिया दिएका छन्।

सामाजिक संजाल फेसबुकमा उक्त स्थानको भिडियो राख्दै मेयर शाहले लेखेका छन् । ”यति त सबैलाई थाहा हुनै पर्छ कि, मान्छेले आवश्यकता अनुसार खोलामाथि कतै पुल बनाउन पर्छ, खोलामाथि घर र बाटो होइन” ।

Inside Article Ads

”यो टुकुचामाथिको बाटो हो । अझै केहि घरहरू यसरी नै टुकुचा माथि रहेका छन् । काठमाडौँ महानगरले केहि समय पहिले यस्तै जोखिम देखेर खोला खुल्ला गर्न टुकुचा खोल्ने काम शुरू गरेका थियौँ । अदालती कारणले केहि रोकिन परेको थियो । अदालतको आदेशपछि हामीले टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानून बमोजिम लगत कट्टा गर्नको लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेका छौँ । सरकारले चाँडो भन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनु पर्छ । यस पश्चात खोला खोल्ने काम महानगरले तुरून्त अगाडि बढाउनेछ । यति त सबैलाई थाहा हुनै पर्छ कि, मान्छेले आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्छ, खोलामाथि घर र बाटो होइन” मेयर शाहले लेखेका छन् ।

 

Visited 42 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.