
चर्चित म्युजिक भिडियो निर्देशक दिनेश माङ्गमु द्धारा निर्देशित घुम्न जाउँ धरान शहर बोलको गीत सार्वजनिक भएको छ । माया ईन्टरटेन्मेन्ट युटुव च्यानलबाट प्रसारण भएको भिडियो माया तामाङ्गको प्रस्तुति रहेको छ।
राजह्याङ्ग आङ्गबोको शब्द रहेको यस गीतमा दिप्सन लिम्वूको संगीत र स्वर रहेको छ भने स्वरमा लिम्वूलाई मेलिना मैनालीले साथ दिएकी छिन । दिनेश पराजुलीको छायांकन रहेको यस गीतको एरेञ्ज विश्व अधिकारीले गरेका हुन भने सम्पादन अनिल रानाले गरेका हुन । पोष्ट प्रोडक्सनको काम भने माङ्गमु फिल्मसले गरेको हो
यस भिडियोबाट तामाङ्ग जातीको भाषा, भेषभुषा र संस्कृती देखाउन खोजेका छन । प्रेम कथामा आधरित म्युजिक भिडियोमा नग्मा श्रेष्ठ, यम लिम्बू र प्रकाश लिम्बू फिचर भएका छन । भिडियोमा बाबु–आमाको ईच्छा विपरित प्रेमीका आफ्नो प्रेमीसँग भाग्छिन र भाग्दा भाग्दै यसको ईन्डिङ्ग सस्पेन्स रहेको छ ।जुन सस्पेन्स थाहा पाउनका लागी भिडियो नै हेर्नु पर्ने हुन्छ । गीतको मर्म अनुसार कथा निर्माण र कथालाई जिवित बनाउने काम निर्देशकले कलात्मक रुपमा प्रस्तुत गरेका छन । उनको निर्देशकीय क्षमता र अनुभव यस भिडियोबाट प्रष्टै झल्किन्छ । निर्देशक माङ्गमले तिन दर्जन भन्दा बढी म्युजिक भिडियो निर्देशन गरेर आफूलाई अव्वल दर्जाको म्युजिक भिडयो निर्देशकका रुपमा स्थापित गरिसकेका छन।
