
काभा महिला भलिबल अन्तर्गत आइतबार भएको खेलमा नेपाल इरानसँग पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा नेपाललाई इरानले ३ २ सेटमा हराएको हो ।
यो सँगै नेपालले २ जित र १ हार व्यहोरेको छ ।
शनिबार भएको खेलमा नेपाले भारतलाई पराजित गरेको थियो ।
आइतबारनै भएको पहिलो खेलमा श्रीलंकाले प्रतियोगिताकै कमजोर टोली माल्दिभ्सलाई ३(० को सोझो सेटमा पराजित गरेको थियो ।
श्रीलंका यसअघि नेपालसँग ३ ० र इरानसँग ३ २ सेटमा हार बेहोरेको थियो। माल्दिभ्सले भने भारत र इरानसँग समान ३ ० को सेटमा पराजय बेहोर्यो।
आइतबार श्रीलंकाले खेल २५ .२२, २५ .१२, २५ .१६ ले आफ्नो पक्षमा पार्यो। जितसँगै श्रीलंकाले तीन खेलमा चार अंक जोडेको छ। तीनै खेलमा पराजित माल्दिभ्स अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।।
