Fast Nepal News

राज्यमन्त्री चौधरीले भने, ‘गलत बिचार लिएर मलाई भेट्न नआउनु, राम्रो सुझाव दिन पछि नहट्नु’

banner single news

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले आफु आम जनता, समाज र देशको अहित हुने कुनै पनि काम नगर्ने बताएका छन् ।

शुक्रबार मात्रै पदभार ग्रहण गरेका राज्यमन्त्री चौधरीले शनिबार आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुलाई भेटेर यस्तो बताएका हुन् ।

उनी शनिवार विहानै कैलाली पुगेका हुन् । बधाई तथा शुभकामना दिन आइपुगेका पार्टीका नेता तथा कार्यकता र मतदातालाई उनले भने, ‘म आज आफुले बधाई लिन आएको हैन् । मलाई आफ्नो अमुल्य मत दिएर मन्त्रीको पदमा पु¥याउने तमाम मतदाताहरुलाई बधाई दिन आएको हुँ । मेरो निर्वाचन क्षेत्रको आवश्यकता, यहाँको जनचाहाना र म प्रतिको आशा केके छन् रु सोध्न आएको हुँ । तपाईँको लागि मैले राज्यमन्त्रीको भूमिकामा रहेर गर्नुपर्ने कामहरुको लिष्ट तयार पार्न आएको हुँ ।’

राज्यमन्त्रीमा नियुक्त भएकाले कार्यकारी भूमिका नरहेको हुँदा धेरै काम गर्न सक्ने स्थिती नभएपनि संविधानले दिएको अधिकारको अधिकतम प्रयोग गरेर जनहितमा काम गर्न प्रतिबद्ध रहेको उनले बताए ।

Inside Article Ads

‘सबै जनालाई मेरो अनुरोध छ । मसँग गलत नियत, गलत सोच र कसैको व्यक्तिगत फाइदा हुने कामका लागि यसो गर्दिनुस्, उसो गर्दिनुस् भन्दै नआउनुस् । तर, समग्र देश र समाजको लागि मैले मेरो भूमिकामा रहेर गर्न सक्ने हरेक कामहरुका लागि मलाई रचनात्मक सल्लाह सुझाव दिन नहिचकिचाउनुस्’, राज्यमन्त्री चौधरीले भने, ‘म राम्रो कामका लागि हरेक मानिसहरुसँग सहकार्य गर्न सधैँ तयार छु । गलत कामका लागि जो कोही होस्, कहिल्यै पनि हात मिलाउँदिन ।’

गृहजिल्ला पुगेका राज्यमन्त्री चौधरीले कैलालीकै चर्चित र धार्मिक महत्व बोकेको घोडाघोडी मन्दिरमा पनि दर्शन गरेका छन् । देशभरका सांस्कृतिक, पर्यटकीय क्षेत्रहरुको व्यबस्थापन, प्रबद्र्धन तथा प्रचारप्रसारका लागि आवशयक योजना बनाउने दायित्व आफ्नो रहेको बताउँदै उनले त्यसका लागि लागि पर्ने बताए ।

‘मेरो काम बजेट बाँड्ने हैन् । बजेटको कार्वान्वयनको अबस्था के छ रु भनेर अध्ययन अनुगमन गर्ने हो । कहाँ कहाँ बजेट हाल्नु पर्नेछ रु कहाँ कसरी काम गर्नुपर्नेछ रु मन्त्रालय मातहतमा भएर काम गरिरहेका कहाँ कमिकमजोरी भएको छ रु भनेर अध्ययन गर्ने, अनुगमन गर्ने हो’, चौधरीले भने, ‘राज्यमन्त्रीले केही गर्दैनन्, केही गर्न सक्दैनन् भन्ने भाष्य परिवर्तन् गरेर आफ्नो अधिकारको अधिकतम प्रयोग गरेर दत्तचित्त र इमान्दारिताका साथ काम गर्नेछु ।’

Visited 28 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.