Fast Nepal News

रास्वपाको दुई दिने बन्द कार्यशालाले महाधिवेशनको मिति प्रस्ताव गर्ने

banner single news

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको दुई दिने बन्द कार्यशालाले महाधिवेशनको मिति प्रस्ताव गर्ने भएको छ।

शुक्रबार दिनभर भएको छलफललाई निष्कर्ष दिन ६ वटै समूहलाई एक घण्टाको समय दिइएको सह–प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्। उनका अनुसार महाधिवेशनको मितिसहित ६ वटै समूहलाई तीनवटा प्रस्ताव समेत पेश गर्न भनिएको छ। विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता र लिडरसीप क्यान्डिडेट क्लबमा छुट्याइएको ६ समूहका संयोजक वा सचिवले छलफलको निष्कर्ष प्रस्तुत गर्न थालेका छन्।

Inside Article Ads

रास्वपाका अनुसार समूह संयोजकअन्तर्गत विचारमा शिशिर खनाल, संगठनमा डा. भरतमणि देवकोटा,संसदीय मामिला विभागमा सोबिता गौतम, अभियानमा क्रान्तिशिखा घिताल, मूल्य–मान्यतामा खुस्बुसरकार श्रेष्ठ र लिडरसीपरक्यान्डिडेट क्लबमा अतिन्द्र दाहाल रहेका छन्।
बन्द कार्यशालाबाट आएका प्रस्ताव छलफलका लागि केन्द्रीय समितिमा लगिने रावलले जानकारी दिइन्। ‘हिजो दिनभर समूहगत रुपमा विषय केन्द्रित भएर गहन छलफल भयो। छलफलबाट आएका निष्कर्ष र प्रस्तावलाई एकीकृत गरी प्रतिवेदनका रुपमा केन्द्रित समितिमा लगेर थप छलफल गर्छौं’ सह–प्रवक्ता रावलले भनिन्,‘यो कार्यशालाले पार्टीलाई वैचारिक र सांगठनिक रुपमा सुदृढ गर्ने गरी योजना बनाउन सहयोग गर्नेछ।’

Visited 25 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.