Fast Nepal News

प्रादेशिक अस्पतालमा भएको भ्रष्टाचार छानबिन गर्न स्थानीयकाे माग, अध्यक्ष अनवर हासमी भ्रष्टाचारको मुल जड रहेकाे आरोप

banner single news

प्रादेशिक अस्पताल गौरका अध्यक्ष अनबर हासमीले अस्पताललाई व्यक्तिगत सम्पत्ति ठानेर गरेका एकपछि अर्को भ्रष्टाचार जन्य क्रियाकलापका कारण ठुलो विवादमा आएका छन् ।

अस्पताललाई व्यक्ति सम्पति ठानेर मनोमानी ढंगले आफ्नो नातेदार देखि पार्टीका कार्यकर्ताको रोजगारी दिने भर्ति केन्द्र बनाएका कारण अध्यक्ष हासमि विवादमा आएका हुन । नेपाल सरकारको आर्थिक ऐन कानुनलाई साईड लगाई प्रदेशिक अस्पताल गौरमा अध्यक्ष आफैले निर्माण तथा खरिद कार्य गरेका कारण भ्रष्टाचार ,अनियमितताको आरोप लागेको हो ।

निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा।मुरारी ठाकुरको सहमतिमा अध्यक्ष हासमीले टाईल्स जडान ,औसधि खरिद ,मर्मत सम्हार र रङ्गरोग्न ,विभिन्न उपकरण खरिद देखि करारको कर्मचारी भर्नामा अनियमित अपारदर्शी ढंगले गरेको कुरा चर्चाको विषय बनेका छन्।

उपेन्द्र यादव अध्यक्ष रहेका जनता समाजवादी पार्टीको कोटाबाट अध्यक्ष बनेका हासमी आफुले गरेको भ्रष्टाचारको पोल खुल्ने डरले कहिले एमाले त कहिले काङ्ग्रेस पार्टीको नेता नजिक दौड धुपमा लागेको नेपाल पत्रकार महासंघ रौतहटका सहसचिव सन्जय सहनीला बताए । तर प्रदेशमा सुशासन ल्याउनको लागि बनेको जनमत पार्टी अध्यक्ष सिके राउतको सरकारले आफ्नो पोल खोलिदिने डरले हासमीको होस् उडेको देखिएको सह सचिव सहनीले बताए .अस्पताल जस्तो पवित्र ठाउँलाई अनियमितता र लुटखसोटको अखडा बनाएको भन्दै स्थानीयले अध्यक्ष हासमीलाई बर्खास्तको माग गरेका छन् ।

प्रादेशिक अस्पताल गौरका हरेक गतिविधि लामो समय देखि नजिकबाट हेरिरहेका युवा पत्रकार जितेष यादवले प्रादेशिक अस्पताल गौरमा भ्रष्टाचार र अनियमितताको छानबिन भए मेडिकल सुपरिटेन्डेन्ट मुरारी ठाकुर ,लेखापाल मनोज यादव र अध्यक्ष अनवर हासमि जेल जाने पक्की जस्तो रहेको दाबी गरे छन् ।

युवा पत्रकार यादवको एक अध्ययन अनुसार टायल्स ,औसधि खरिद ,न्यानो झोला,अस्पतालमा सुत्केरी गराउनेले पाउने रकम र करारका कर्मचारी भर्ना लगायतका काण्डको तत्काल छानबिन दोषिलाई कडा कार्वाही नभए अझै भ्रष्टाचार बढेर जाने उनले बताए।

Inside Article Ads

गौर अस्पतालमा जाने गरेका सेवाग्राहिलाई प्राईबेट क्लिनिकमा पठाउने काममा अध्यक्ष हासमी कै हात रहेको सेवाग्राहीहरुको गुनासो छ।
अस्पताल बिकास समितिले अस्पतालको बिकास नगरि आफ्नो व्यक्तिगत विकासमा लागेको विषयमा कुरा गर्न अध्यक्ष हासमिसंग सम्पर्क गर्दा हुन सकेन । साथै अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा।मुरारी ठाकुर संग सम्पर्क गर्दा फोन उठेन ।

मधेश प्रदेश सरकार यसमा गम्भिर भई प्रादेशिक अस्पताल गौरको अनियमितता छानबिन

गराउनु पर्ने देखिन्छ ।

Visited 29 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.