Fast Nepal News

स्याङजाले थाल्यो अतिक्रमण भएका सरकारी तथा सार्वजनिक जग्गा फिर्ता गर्ने अभियान

banner single news

पछिल्लो समय जिल्ला प्रशासन कार्यालय स्याङजाले अतिक्रमण भएका सरकारी तथा सार्वजनिक जग्गा फिर्ता गर्ने अभियानको थालनी गरेको छ ।

अतिक्रमण भएका त्यस्ता जग्गाको छानबिन गरी सरकारको स्वामित्वमा ल्याउन गृह मन्त्रालयको निर्देशन अनुसार जिल्लामा उक्त कामको थालनी गरीएको हो ।
सार्वजनिक जग्गा व्यक्तिका नाममा भएको भनी आएका गुनासा र उजुरीहरूका आधारमा जिल्ला प्रशासन शसस्त्र प्रहरी सहितको टोली र स्थानीयसँगको सहकार्यमा अतिक्रमित जग्गा स्थलगत अनुगमन समेत गरीएको छ ।

सोहि अनुसार मंगलवार पुतलीबजार नगरपालिका वडा नं १३ मा रहेको ५० रोपनी अतिक्रमित सार्वजनिक जग्गा सरकारी स्वामित्वमा फिर्ता गरीएको छ ।

Inside Article Ads

सरकारी तथा सार्वजनिक सम्पत्ति जोगाउनु राज्यको दायित्व हो । त्यसैलै उक्त कामको थालनी गरीएको स्याङजाका प्रमुख जिल्ला अधिकारी सुुनिता नेपालले जानकारी दिएका छन्।

 

 

 

Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.