Fast Nepal News

पोखरामा स्कूल बस दुर्घटना हुँदा एकको मृत्यु,दर्जन बढी विद्यार्थी घाइते

banner single news

पोखरामा विद्यार्थी बोकेर स्कूल जाँदै गरेको बस सोमबार बिहान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मृतक सोही बसको कर्मचारी भएको बताइएको छ । दुर्घटनामा विद्यालयकी कार्यलय सहयोगी आरती विकको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

बसमा दुर्घटनामा दर्जन बढी विद्यार्थी घाइते भएको वडा प्रहरी कार्यालय बैदमका प्रहरी नायब उपरीक्षक सुन्दर श्रेष्ठले जानकारी दिएका छन्।

Inside Article Ads

घरबाट विद्यार्थी लिएर स्कूल जाँदै गरेको एलपी देवकोटा मेमेरियलको बस पोखराको फुस्रेखोलानेर दुर्घटनामा परेको हो । ग१क ६३१९ नम्बरको बस सडकबाट झन्डै ६० मिटर तल खसेको छ ।

घाइते विद्यार्थीको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

 

Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.