काठमाडौं । गौरीशंकर टेलिभिजन नेटवर्कले संचारकर्मी सुमन शर्मालाई भित्र्याएको छ ।
नेटवर्कमा प्रवेश गरे सगै शर्मालाई न्युज नेपाल टेलिभिजन एच डी (एनएन टिभी) मा बिशेष भुमिका सहितको ब्रोडकाष्टिङ्ग निर्देशकको जिम्मेवारी सुम्पेको हो ।
करिब २७ वर्ष लामो अनुभव बोकेका शर्माले कार्यरत कर्मचारीको सुरक्षा र स्थायित्व, टेलिभिजनको बजार, दर्शकको रुचि, बिज्ञापनदाताको माईलेज, कार्यक्रमको गुणस्तर तथा प्रभावकारीता र सान्दर्भिकताको बिषयमा आफू निकै संबेदनसिल रहेको स्पष्ट पारेका छन ।
त्यसैगरी शर्माले पछिल्लो समय समग्र टेलिभिजन क्षेत्र प्रति दर्शक लगायत पत्रकार सन्चारकर्मीहरुको समेत हराउदै गएको बिश्वास र अभिरुचिलाई गहिरो अध्ययन गरेर जग बसाल्दै सबल संरचना खडा गर्ने तर्फ आफ्नो ध्यान केन्द्रित रहने बताए ।
तपाईको प्रवेशपछि अब एनएन टिभीको स्वरुप कस्तो हुन्छ त भन्ने प्रश्नमा शर्माले भने :- “अहिलेलाई धेरै नबोलौ । मनोरञ्जनात्मक कार्यक्रमहरु सहितको एउटा ससक्त न्युज च्यानलको रुपमा अब टेलिभिजन अघि बढ्ने छ । बाकि कुरा बिस्तारै तपाईहरुले देखिहाल्नु नै हुनेछ ।”
शर्माको लगाव, अनुभव, अध्ययन र कार्यशैलीले टेलिभिजनलाई नयाँ उचाईमा पुर्याउने विश्वास रहेको टेलिभिजन ब्यवस्थापकले जनाएको छ ।
२०५४ सालमा दिव्य दर्शन राष्ट्रिय साप्ताहिकबाट आफ्नो पत्रकारीता सुरु गरेका शर्मा २०५७ सालदेखि टेलिभिजन क्षेत्रमा सक्रिय छन । शर्माले त्रिभुवन विश्व विधालयबाट स्नातकोत्तर गरेका छन । पत्रकारिता अध्ययन तथा भारतबाट शर्माले टेलिभिजन ब्रोडकास्टिङ एण्ड मेनेजमेन्ट बिषयमा समेत मास्टर गरेका छन ।
विभिन्न टेलिभिजन लगायत छापा, रेडियो तथा अनलाईन पत्रकारीताको समेत अनुभव बटुलेका शर्माले यसअघि २०७९ चैत १७ देखि २०८० फागुन ३ गतेसम्म तत्कालिन उधोग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालका प्रेस सल्लाहकारको समेत जिम्मेवारी सम्हालेका थिए ।