Fast Nepal News

देशभर डेंगू संक्रमितको संख्या एक हजार ८०० नाघ्यो

banner single news

देशभर डेंगू संक्रमितको संख्या एक हजार ८०० नाघेको छ ।

सन् २०२४ जनवरीयता जुलाई २२ सम्म एक हजार ८२५ जनामा संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले जनाएको छ ।

तीमध्ये जुलाईका २२ दिनमा ३३९ संक्रमित थपिएका हुन् । यो वर्ष २०२४ डेंगू संक्रमण ७३ जिल्लामा फैलिएको छ ।

वाग्मती प्रदेशमा सबैभन्दा धेरै ५९३ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै २०९ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

Inside Article Ads

यस्तै, झापामा १२९, चितवनमा ९३, मकवानपुरमा ७४, तनहुँमा ५९, ओखलढुंगामा ५७, धनकुटामा ५७, भोजपुरमा ५४, काभ्रेमा ५१, कास्कीमा ५० जनामा डेंगू पुष्टि भएको छ ।

यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ । मुस्ताङ, डोल्पा, हुम्ला र जुम्लाबाहेक सबै जिल्लामा डेंगू देखिएको ईडीसीडीले जनाएको छ ।

 

Visited 27 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.