Fast Nepal News

हेटौँडातर्फको यातायात सेवा मंगलबार बिहानदेखि पुनः सञ्चालनमा

banner single news

काठमाडौँबाट हेटौँडा जोड्ने कान्तिलोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका ३, छवेलीस्थित सोमबार राति गएको पहिरो हटाई हेटौँडातर्फको यातायात सेवा मंगलबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ ।

राती नै पहिरोको अवरोध हटाइएको ललितपुरको भट्टेडाँडा प्रहरी चौकीले जनाएको छ । ललितपुर र मकवानपुरको सिमाना नजिकै पर्ने छबेलीमा पहिरो जाँदा सोमबार बेलुका ९ बजेदेखि हेटौँडा(काठमाडौँतर्फको यातायात अवरुद्ध भएको थियो ।

कान्ति लोकपथअन्तर्गत पर्ने मकवानपुरको बकैया गाउँपालिका ७ न्यासुरमा राति गएको पहिरो हटाई मंगलबार बिहान साढे ६ बजेदेखि यातायात सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश शाहले राससलाई जानकारी दिएका छन्।

Inside Article Ads

यसैबीच, त्रिभुवन राजपथ, पूर्वपश्चिम राजमार्ग र फाखेल, सिस्नेरी मातातीर्थ हुँदै काठमाडौँतर्फ जोड्ने सडक पनि आज बिहानदेखि यातायात सेवा सञ्चालन भएको प्रहरी निरीक्षक शाहले बताएका छन् ।

 

Visited 30 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.