Fast Nepal News

सिद्धबाबामा निर्माणाधीन सुरुङमार्गको भौतिक प्रगति १५ प्रतिशत नाघ्यो

banner single news

सिद्धार्थ राजमार्गको जोखिमको क्षेत्र सिद्धबाबामा निर्माणाधीन सुरुङमार्गको भौतिक प्रगति १५ प्रतिशत नाघेको छ ।

आयोजनाले सार्वजनिक गरेको पछिल्लो प्रगति प्रतिवेदन अनुसार मुख्य टनेल ३१६ मिटर खनिएको छ ।

कुल एक किलोमिटर १ सय २६ मिटर लम्बाई रहने सुरुङमार्गको उत्तरतर्फबाट १४२.५२ मिटर र दक्षिण तर्फबाट १७४.०८ मिटर खन्ने काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।

यस सुरुङमा कुल तीन वटा बाइपास सुरुङ रहने छन् । जसमध्ये १५१ मिटर लामो बाइपास प्रथम ६८.३ मिटर, १६१ मिटर लामो बाइपास दोस्रो ६४.५ मिटर १३० मिटर लामो बाइपास तेस्रो ६२.४ मिटर खनिएको छ ।

स्लोप प्रोटेक्सनतर्फ दक्षिणी पोर्टलमा २३ सय वर्गमिटर काम गर्नुपर्नेमा १४९५ वर्गमिटरको काम सम्पन्न भइसकेको छ । उत्तरी पोर्टलमा ११ सय वर्गमिटर काम गर्नुपर्नेमा ४९५ वर्गमिटर काम भइसकेको आयोजनाले जनाएको छ ।

Inside Article Ads

समग्रमा आयोजनाको भौतिक प्रगति १५.२० प्रतिशत पुगेको र वित्तीय प्रगति भने २३.८ प्रतिशत पुगेको आयोजनाकी सूचना अधिकारी साबिता ज्ञवालीले जानकारी दिएका छन् । सिद्धबाबामा सुरुङ खन्ने काम गत ४ माघदेखि औपचारिक रुपमा सुरु भएको हो ।

यो परियोजनाको निर्माणको काम चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन सीएससीईसीले गरिरहेको छ । यस आयोजनामा सुरुङसहित बुटवल र पाल्पातर्फको ७८० मिटर सडकमा दोहोरो लेन, स्लोप प्रोटेक्सनसहितको संरचना गरी कुल २.५९ किलोमिटर क्षेत्रमा भौतिक संरचना निर्माण हुँदैछ ।

आयोजनाको सम्झौता अनुसार ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का लागेको हो । अबको ४ वर्ष भित्र सुरुङ मार्गको निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने जिम्मेवारी छ । विस्फोटमार्फत सुरुङ खन्ने काम भएको हुँदा अबको केही महिनामै ब्रेकथ्रु गर्ने आयोजनाले दावी गरेको छ ।

 

Visited 24 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.