Fast Nepal News

गुल्मीमा खोलाले बगाएर एक जना बेपत्ता

banner single news

गुल्मीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् ।

जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर २ निवासी ३१ वर्षका बोमबहादुर कार्की निस्ति खोला तर्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिएसपी शंकर पोखरेलले बताएका छन् ।

कार्की शनिबार बेलुकी इस्मा गाउँपालिका १ निस्ति खेतबाट फर्किएर निस्ति खोला तर्ने क्रममा बेपत्ता भएकाा थिए । मुसिकोट नगरपालिका वडा नम्बर १ अरेवा घर भई हाल वडानम्कर २ निस्ति मामाघरमा बस्दै आएका थिए ।

Inside Article Ads

उनी ख वर्गका फरक क्षमताका रहेको प्रहरीले जनाएको छ । शनिबार बेपत्ता बेलुकी बेपत्ता भएपनि आज बिहान प्रहरीलाई जानकारी प्राप्त भएको थियो । उनको प्रहरी र स्थानीयले खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.