
चलचित्र ‘तेल भिसा’ आगामी मंसिर ७ गते रिलिज हुने भएको छ ।
यस अघि भदौँ २९ गते रिलिज गर्ने भनिए पनि निर्माता टोलीले रिलिज मिति परिवर्तन गरेसँग मंसिर ७ गते प्रदर्शनी हुन लागेको हो ।
शंकर घिमिरे निर्देशित चलचित्रको फस्टलुक्स सार्वजनिक गर्दै रिलिज डेट तय गरिएको हो । सार्वजनिक गरिएको पोस्टरमा अभिनेता विपिन कार्कीलाई दोहोरो भुमिकामा प्रस्तुत गरिएको छ। उनी जवान र वृद्ध गरी दुई फरक अवतारमा देखिएका छन्।
त्यस्तै पोस्टरमा अभिनेत्री वर्षा राउत, ऋचा घिमिरे र पुजा लामासहित केही विदेशी कलाकार छन्।