Fast Nepal News

दाङमा भालुको आक्रमणबाट एक महिला गम्भिर घाईते

banner single news

दाङमा भालुको आक्रमणबाट एक महिला गम्भिर घाईते भएकि छन्।

लमही नगरपालिका–६ स्थित कर्री सामुदायिक वन क्षेत्रमा जंगली च्याउ टिप्ने क्रममा भालुको आक्रमणबाट देउपुर निवासी ४६ बर्षिय सहरी घर्ती गम्भिर घाईते भएकि हुन्।

आज विहान करिब साढे पाँच बजे जंगली च्याउ टिप्ने क्रममा उनलाई भालुले आक्रमण गरेको थियो । उनको अनुहारमा गम्भिर चोट लागेको छ भने दुवै हात भाँचिएको छ । घाईते घर्तीको लमही अस्पतालमा प्राथमिक उपचारपछी थप उपचारको लागी बुटवल लगिएको छ ।

Inside Article Ads

घर्ती चार पाँच जनाको समुहमा च्याउ टिप्न जंगल गएकि थिइन् । उनका दुई जना साथिलाई भालुको नंग्रा लागेको भएपनि भाग्न सफल भएको नेपाल सशस्त्र प्रहरी ४१ नं रिजर्भ गण अर्जुन खोलाका प्रहरी नायव निरिक्षक प्रकाश ढकालले जानकारी दिएका थिए ।

 

Visited 22 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.