Fast Nepal News

चलचित्र ‘घरज्वाइँ’को प्रिमियर शो सम्पन्न

banner single news

चलचित्र ‘घरज्वाइँ’को बुधबार प्रिमियर शो भएको छ ।

प्रिमियरमा सहभागी कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वले मौलिक चलचित्र भएको प्रतिक्रिया दिएका छन् ।

मगर समुदायको संस्कार र संस्कृतिलाई केन्द्रमा राखेर बनेको चलचित्रले त्यसको प्रवर्द्धन र संरक्षणको भूमिका खेलेको प्रिमियरमा सहभागीहरूले बताएका छन् ।

निर्देशक अनिल बुढा मगरले आफूले माटोको कथा भन्ने प्रयास गरेको बताएका छन् । चलचित्रलाई जनक घर्ती मगरले निर्माण गरेका हुन् ।

Inside Article Ads

चलचित्रमा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन, अनु थापा लगायतको अभिनय रहेको छ ।

चलचित्र ‘घरज्वाइँ’ यही शुक्रबारबाट प्रदर्शन हुँदैछ ।

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.