Fast Nepal News

पोखरामा पहिरोमा परी एकजनाको मृत्यु

banner single news

पोखरामा पहिरोमा परी एकजनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका २७ सहेलापाटाका मनबहादुर थापाको ब्लकले बनेको घर बुधबार बिहान पहिरो पुरिँदा उनका २२ छोरा वर्षीय छोरा भीमबहादुरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले घटनास्थलबाट ५० वर्षीय कमला थापालाई सकुशल उद्धार गरेको जानकारी दिएका छन् ।

Inside Article Ads

इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोली तथा स्थानीयवासीले घटनास्थलमा खोज तथा उद्धार गरेका थिए ।

उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल २४ नं गण कालिका गण मालेपाटनबाट समेत प्रहरी टोली खटिएको प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिएका छन् । पोखरामा मंगलबार साँझदेखि नै निरन्तर वर्षा भइरहेको छ ।

 

 

Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.