Fast Nepal News

महामन्त्री मुकुल ढकाल रास्वपाबाट निस्कासित

banner single news

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्कासित भएपछि महामन्त्री मुकुल ढकालले आफू सभापति रवि लामिछानेको क्लबाट निस्कासित भएको प्रतिक्रिया दिएका छन्।
मंगलबार बिहान बसेको रास्वपाको केन्द्रीय कमिटी बैठकले महामन्त्री ढकाललाई निस्कासित गरेको थियो।
त्यसपछि उनले सामाजिक सञ्जाल फेसबूकमा प्रतिक्रिया दिँदै रास्वपाभित्र घन्टी बज्न नरोकिने टिप्पणी गरेका हुन्।

उनले भनेका छन्, ‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ। राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न रोकिँदैन , रविको पार्टीबाट राष्ट्रीय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन। बाँकी कुरा भोलि ….’

Inside Article Ads

रास्वपाको गत बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री मुकुल ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो। थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो।

 

 

 

 

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.