Fast Nepal News

धुर्मुस सुन्तलीले पहिलो पटक युरोपका विभिन्न देशमा प्रस्तुति दिंदै

banner single news

कलाकार सिताराम कट्टेल धुर्मुस तथा कुञ्जना घिमिरे सुन्तलीले पहिलो पटक युरोपका विभिन्न देशमा प्रस्तुति दिने भएका छन् ।

आफ्नो कलाकारिताको यात्रामा अमेरिका लगायतका अन्य देशमा पुगे पनि उनीहरु युरोपका देशमा पुगेका थिएनन् । उनीहरुले पहिलो पटक युरोपका झण्डै दर्जन बढी देशहरुमा रहेका नेपाली दर्शकलाई हँसाउँने भएका हुन् । धुर्मुश–सुन्तली साँझ कार्यक्रम अन्तर्गत पहिलो प्रस्तुति जुलाई ८ मा फिनल्याण्डमा गरिने आयोजक संस्था चौतारी इभेन्ट्सले जनाएको छ ।

त्यस्तै, दोस्रो कार्यक्रम जुलाई १३ मा माल्टामा रहने बताइएको छ । यस्तै अगस्ट ३ मा क्रोएसिया, अगस्ट ५ मा बेल्जियममा कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । साथै, माल्टा, स्पेन, पोल्याण्ड, जर्मनी, अस्ट्रिया, डेनमार्क लगायतका देशहरुमा कार्यक्रममा आयोजना गरिएको जानकारी दिइएको छ । धुर्मुस–सुन्तलीको साथमा गायक विष्णु खत्री, तुलसी सिवाकोटीको पनि प्रस्तुति रहने छ ।

Inside Article Ads

कलाकार धुर्मुस–सुन्तली पहिलो पटक युरोपको कार्यक्रममा निस्किने तयारीमा छन् । उनीहरुले विदेशको कार्यक्रम नै पाँच वर्षपछि गर्दैछन् । उनीहरु पछिल्लो पटक बि सं २०७५ को अन्तिममा दुबईको एक कार्यक्रममा पुगेका थिए ।

‘अहिले युरोपमा रहेका नेपालीहरुलाई भेट्न पाउँदा खुसी लागेको छ । धेरैपछि विदेशी भूमिमा रहेर विभिन्न कर्म गर्नु हुने नेपाली दर्शकलाई प्रस्तुति देखाउन तयारी गर्न पाउँदा निकै खुसी लागेको छ । आयोजक टिमलाई विशेष धन्यवाद दिन्छौं,’ कलाकार धुर्मुसको भनाइ छ । त्यस्तै उनले आगामी दिनमा अन्य देशहरुमा पनि कुरा भइरहेको र अब निरन्तर कलाकारितामै सक्रिय रहने जानकारी दिएका छन् ।

Visited 25 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.