Fast Nepal News

‘प्रचण्ड’ पदमा बसिरहन उचित नरहेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाको निश्कर्ष

banner single news

नेकपा एमाले संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदमा बसिरहन उचित नरहेको निश्कर्ष निकालेको छ ।

आज आइतबार बसकेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डले अविलम्ब राजीनामा दिनुपर्ने निश्कर्ष निकालेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दैै एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले विभिन्न राजनीतिक दलले समर्थन फिर्ता लिएपछि स्पष्ट अल्पमतमा परेको सरकारलाई राजकाजको अधिकार नरहेको बताएका छन् ।

‘अल्पमतमा परेको सरकारले अझै पनि राजीनामा दिएको अवस्था छैन । त्यसकारण आजको बैठकले लामो समयसम्म राजीनामा नदिइबस्ने कुरा अनुचित कार्य हो । अविलम्ब नेपाल सरकारका प्रधानमन्त्रीलाई राजीनामा दिएर राष्ट्रिय सरकार निर्माणको प्रक्रियालाई मार्ग प्रशस्त गर्नका लागि बैठकले आह्वान गरेको छ,’– बर्तौलाले भनेका छन् ।

Inside Article Ads

अल्पमतमा परेको सरकारले विभिन्न निर्णयहरु गरिरहेको भन्दै उनले आपत्ति जनाएका छन् । वर्तमान सरकारले कुनै पनि निर्णय नगर्नका लागि हैसियत नराख्ने उनको भनाइ छ । बैठकले सरकारलाई कुनै पनि निर्णय नगर्नका लागि सचेत गराएको उनले बताएका छन् । मत गुमाएको सरकारले अहिले पनि विभिन्न प्रकारको निर्णय गर्नु राष्ट्रिय हित विपरीत हुन्छ । संविधान विपरीत हुन्छ । त्यसकारण कुनै पनि निर्णय नगर्न बैठकले सरकारलाई सचेत गराएको छ,’– उनले भने ।

प्रधानमन्त्रीले यदि राजीनामा नदिएर विश्वासको मत लिएको खण्डमा विपक्षमा मतदान गर्ने निर्णय पनि भएको उनले बताएका छन् । साथै, एमाले संसदीय दलको बैठकले कांग्रेस–एमाले मिलेर सरकार बनाउने समझदारीको स्वागत गरेको छ । केही समय अगाडि नेकपा एमाले र नेपाली कांग्रेसको बीचमा संविधानको धारा ७६ २ बमोजिम नयाँ राष्ट्रिय सरकार गठन गर्ने महत्वपूर्ण समझदारी भएको छ । त्यस समझदारीलाई हाम्रो संसदीय दलको बैठकले स्वागत गरेको छ,’– प्रमुख सचेतक बर्तौलाले बताएका छन् ।

 

 

Visited 19 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.