Fast Nepal News

सप्तकोशी नदीमा पानीको वहाव यो वर्षकै उच्च मापन

banner single news

तराई तथा पूर्वी पहाडी क्षेत्रमा वर्षा सुरु भएसँगै सप्तकोशी नदीमा पानीको वहाव यो वर्षकै उच्च मापन गरिएको छ ।

पुर्वी पाहाडि क्षेत्रमा केहि दिनदेखि लगातार परेको वर्षाका कारण सप्तकोशीमा पानीको बहावमा वृद्धि भएको कोशी व्यारेजस्थित प्रहरी चौकीले जनाएको छ ।

आज विहान ७ बजेर ३० मिनटमा कोशी कन्ट्रोल कक्षले गरेको मापनअनुसार कोशी ब्यारेज भएर ३ लाख ४२ हजार ५ सय २० क्युसेक प्रतिसेकेन्ड पानीको वहाव रहेको कोशी व्यरेज प्रहरी चौकिका प्रहरी नायव निरिक्षक सुभाषचन्द्र सुनुवारले जानकारी दिएका छन् ।

Inside Article Ads

कोशी व्यारेजको ५६ ढोकामध्ये अहिले ४६ ढोका खुला गरिएको छ । पानीको वहान निरन्तर वढ्न थालेपछि कोशीको पुलमा रातो वत्ति बालिएको छ भने खतराको संकेत गर्दै रातो झण्डा समेत रारिखएको छ ।

कोशीमा पानीको वहाव बढ्ने क्रम शुरु भएसगै कोशी आसपासका क्षेत्रका वासिन्दालाइ सर्तक रहन स्थानिय प्रशासनले आग्रह समेत गरेको छ ।

Visited 21 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.