मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले ६ जना मन्त्रीलाई पदमुक्त गरेका छन् ।
मन्त्रीहरुसँग राजीनामा माग गरिएको तर उनीहरूले राजीनामा नदिएपछि उनीहरूलाई बर्खास्त गरिएको मुख्यमन्त्री सिंहले बताएका छन् । मुख्यमन्त्री सिंहले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई बर्खास्त गरेका छन् ।
हालै नेकपा एमाले नेपाली कांग्रेसबीच सत्ता साझेदारी गर्नेसम्बन्धमा लिखित सहमति भएपछि मुख्यमन्त्री सिंहले ती मन्त्रीलाई पदमुक्त गरेका छन्। प्रदेशसभामा आज उनले विश्वासको मत लिने कार्यसूची छ ।