Fast Nepal News

बेलायतको आम निर्वाचनले बनायो किअर स्टारमरलाई प्रधानमन्त्री

banner single news

जुलाई ४ मा भएको आम निर्वाचनमा लेबर पार्टीले झण्डै २ तिहाई सिट जितेको छ ।

६५० संसदीय सिटको लागि भएको मतदान प्रकृयामा कुल ३९२ पार्टीले भाग लिएका थिए । यो समाचार तयार पार्दा सम्म कुल ६५० सिटमा ६४८ सिटको नतिजा घोषण भईसकेको छ । जसमा विपक्षी दल लेबर पार्टी ४१२ सिटको निकै फराकिलो मतले अगाडी रहेको छ । जहाँ कन्जर्वेटिभ पार्टीले १२१ सिट ,लिबरल  डेमोक्रेटिकस् दलले ७१ सिट,स्कटिश नेश्नल पार्टीले ९ सिट,सिन फेन पार्टीले ७ सिट, डेमोक्रेटिकस् युनियनिष्ट पार्टीले ५ सिट र रिफर्म पार्टीले ४ सिटमा विजय हासिल गरेका छन ।

Inside Article Ads

एक सिटमा पूनःमतगणनाको कारण मत परिणाम शनिवार विहान सम्म आउने छ । लेबर पार्टीको अत्याधिक बहुमतका साथै किअर स्टारमरको बेलायती सत्तामा शान्दार ईन्ट्री भएको छ ।
निर्वाचन नतिजा सँगसँगै ऋषि सुनकको १८ महिने कार्यकाल समाप्त भएको छ । निर्वतमान प्रधानमन्त्रीको दल कन्जर्वेटिभ पार्टीको लज्जास्पद पराजय भए पनि ऋषि सुनक भने विजयी भई आफ्नो ब्यक्तिगत साखः बचाएका छन । उनले २३०५९ मत यानिकी ४७।५ प्रतिशत मत प्राप्त गर्दा उनका प्रतिद्धन्दी लेबर पार्टीका प्रत्याशीले १०८४७ मत यानिकी २२।०४ प्रतिशत मात्र मत प्राप्त गरे ।

 

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.