अष्ट्रेलियन पदयात्री अलेक्ज्याण्डर क्याम्पबेलले दृष्टिविहिनहरुको दृष्टि
पुर्नस्थापित गर्ने कार्यका लागि पदयात्रा गर्दै अहिले नेपाल आइपुगिसकेका छन् ।
उनले तिलगंगा आँखा प्रतिष्ठानको भ्रमण गर्नूका साथै प्रतिष्ठानका कार्यकारी
डा.सन्दुक रुइतसँग भेट गरेका छन् । उनले पदयात्रा मार्फत सहयोग संकलन गर्दै
हिडेंका छन् ।
एलेक्जेन्डर बताउँछन्, “आफले संकलन गरेको रकमबाट कसरी उपचार भईरहेको
छ भनी प्रत्यक्ष रुपमा हेर्नका लागि प्रतिष्ठानको भ्रमण गरेको । डा.रुइतले
आफ्नो पदयात्राका लागि शुभकामना दिनुभएकोमा खुशी प्रकट गर्दै उनले अस्पताल
भ्रमण गरी आँखा उपचारको अवस्थालाई नजिकबाट नियाल्न पाएको अनुभव
साटेका छन् । पदयात्राबाट संकलन भएको रकम प्रतिष्ठानको साझेदारी संस्था
फ्रेड हलोज फाउन्डेशनका लागि भएकाले यसबाट नेपालमा रहेका
दृष्टिविहनिहरुलाई सहयोग पुर्याउनसक्ने अपेक्षा उनले राखेका छन् ।”
उनले फरक दृष्टिकोणका साथ पैदलै विश्व परिक्रमा गर्न चार वर्षको यात्रा तय
गरिरहेका छन् । सन् २०२३को फेब्रुअरी १२ मा सिड्नीस्थित ओपेरा हाउसबाट
पाइला चालेका क्याम्पबेलले फ्रेड हलोज फाउन्डेसनका लागि रकम जुटाटाउने
क्रममा ३० देशहरू र चार महाद्वीपहरूमार्फत ४०,००० किलोमिटर पदयात्रा गर्ने तय
गरेका हुन् ।
गत डेढ वर्षमा उनले अष्ट्रेलिया बाहेक इन्डोनेसीया, सिंगापुर, मलेसिया,
थाइल्याण्ड, बांग्लादेश, भारत हँदै हाल नेपालमा यात्रा गरिरहेकाछन् । अब
एसिया, युरोप, उत्तर अमेरिका हँदै प्रदर्शनः अष्ट्रेलिया पुग्ने उनको योजना छ ।
विश्वमा सबैभन्दा बढी दृष्टिविहीन व्यक्तिहरू रहेको एसिया पार गन
क्याम्पबेलको यात्राको अर्को रोचक पाटो हो । लामो द७त्रगयतसरीको पदयात्रा गर्ने गरेका
क्याम्बबेलले यस अघिपनि ८०० किलोमिटर कोलोराडो ट्रेल, १६०० किलोमिटर ग्रेट
हिमालय ट्रेल र फ्लिन्डर्स रेन्जबाट सिड्नी सम्मको ३७बmउस५० किलोमिटरको पदयात्रा
प७त्रगयतसरा गरिसकेका छन् ।
यस पदयात्राको क्रममा फ्रेड हलोज फाउण्डेशनका लागि हालसम्म उनले बत्तिस
हजार डलर संकलन गरिसकेका छन् । आफ्नो पदयात्रा मार्फत फाउण्डेशनलाई
गरिने सहयोगबाट थप्रै राष्ट्रका मानिहरुको दृष्टि पुनस्र्थापित गर्न सकिने भएकाले
यो अभियान क्याम्पबेलले सुरु गरेका हुन् । हाल विश्वमा ४३ करोड मानिस दृष्टिविहिन
जीवन बाँचीरहेकोमा ९० प्रतिशतभन्दा बढी दृष्टिविहिन ह७३घढसनबाट रोक्न वा उपचार गर्न
सकिने रहेकाले यस किसिमको सचेतनात्मक कार्य गर्न जरुरी रहेको उनको अनुसभव छ ।
फाउन्डेसनका ब्रान्ड एण्ड कम्य७३घढसनिकेसन निर्देशक एलिसन हिलले भनेको छन्
“विश्वभरि ४०,००० किलोमिटर पदयात्रा गर्ने अलेक्जेन्डरको मिसन एक अविश्वसनीय
यात्रा हो । ”
अलेक्जेन्डरले नेपालमा रहेको फ्रेड हलोज फाउण्डेसनका नेपाली
प्रतिनिधिहरुसँग पनि भेट गरेका छन् ।