Fast Nepal News

‘घरघरमा स्वास्थ्यकर्मी’ कार्यक्रमबाट १७ सय ज्येष्ठनागरिकहरु प्रत्यक्ष रुपमा लाभान्वित

banner single news

म्याग्दीको बेनी नगरपालिकाले सञ्चालन गरेको ‘घरघरमा स्वास्थ्यकर्मी’ कार्यक्रमबाट १७ सयजना ज्येष्ठनागरिकहरु प्रत्यक्ष रुपमा लाभान्वित बनेका छन् ।

ज्येष्ठ नागरिक, शारिरीक रुपमा अपाङ्गता र अशक्त तथा दिर्घ रोगीहरुलाई लक्षित गरेर सञ्चालित घरघरमा स्वास्थ्यकर्मी कार्यक्रम प्रभावकारी बन्दै जान थालेको हो ।
नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र खासगरी ७० वर्षभन्दा माथिका ज्येष्ठनागरिकलाई लक्षित गरेको यो कार्यक्रमबाट ज्येष्ठनागरिकहरुले घरमै उपचार सेवा पाएका छन् । ज्येष्ठनागरिक, क वर्गका अपाङ्गता भएका व्यक्ति र अति अशक्त नागरिकहरुलाई लक्षित गरिएको घरमै स्वास्थ्यकर्मी पुगेर उपचार गर्ने कार्यक्रमबाट लक्षित समूहसँगै अन्य सर्वसाधारणहरु पनि लाभान्वित भएको बेनी नगरपालिकाले जनाएको छ ।

Inside Article Ads

नगरपालिकाद्वारा वडाको गाउँ, वस्ती र टोलटोलमा पुगेर स्वास्थ्य सेवा प्रवाह गर्न सञ्चालित कार्यक्रम प्रभावकारी बन्दै गएपछि नगरवासी हर्षित भएका छन् । घरघरमा स्वास्थ्यकर्मी कार्यक्रमले बेनी नगरपालिकाको विभिन्न वडाबाट स्वास्थ्य सेवा लिनकै लागि भनेर जिल्ला सदरमुकाम बेनीबजारसम्म झर्नुपर्ने बाध्यताको अन्त्य हुनुका साथै समयको समेत बचत भएको छ । वि।सं। २०७९ साल वैशाख ३० गते सम्पन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनबाट बेनी नगरपालिकामा जनप्रतिनिधिको नयाँ टिमले यो कार्यक्रम सञ्चालन गरेको थियो ।

Visited 33 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.