
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका मन्त्रीहरुले आज राजीनामा दिने तयारी गरेका छन्।
आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मन्त्रीहरुले राजीनामा बुझाउन लागेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका छन्।
राजिनामा दिनका लागि रास्वपाका मन्त्रीहरु अहिले प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
सरकारमा रास्वपाका तर्फबाट सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् । तर रास्वपाले कांग्रेस–एमाले गठबन्धन सरकारमा भने सहभागी नहुने निर्णय गरिसकेको छ ।