Fast Nepal News

समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजमा आएका सुझाव आज पेस हुने

banner single news

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको जारी १०औँ राष्ट्रिय महाधिवेशनका क्रममा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजमा आएका सुझाव आज पेस हुने भएको छ ।

बाह्र समूह बनाएर गरिएको छलफलबाट प्राप्त सुझाव आजको बैठकमा पेस गर्ने कार्यसूची छ । सम्बन्धित समूहका टोली नेताले सुझाव प्रस्तुत गरेपछि दस्तावेज परिमार्जनसहित अनुमोदन गरिनेछ ।

एक हजार आठ सय ४९ प्रतिनिधि छनोट गरिएको महाधिवेशनले दुई सय ९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने कार्यक्रम छ ।

Inside Article Ads

एक हजार आठ सय ४९ प्रतिनिधिलाई विद्युतीय उपकरणबाट मतदानका लागि प्रशिक्षण दिइएको छ । शीर्ष नेतृत्वमा सहमतिको प्रयास भए पनि अन्य पदाधिकारी र सदस्यको निर्वाचन हुनेछ ।।

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.