Fast Nepal News

एनएमबी बैंकको एटीएम फुटाएर चोरी गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ

banner single news

पोखरा महानगरपालिका ५ जिरो किलोस्थित एनएमबी बैंकको एटीएम फुटाएर चोरी गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका ३ घर भएका २३ वर्षीय रुपेश नेपाली हुन्।

उनले मंगलबार दिउँसो साढे २ बजेको समयमा जिरो किलोस्थित एनएमबी बैंकको एटीएम मेसिन फुटाएर रकम चोर्न खोजेको प्रहरीले जनाएको छ।

Inside Article Ads

एटीएम फुटाएर रकम चोरी गर्न खोजेका नेपालीलाई रकम निकाल्न नपाउँदै प्रहरीले पक्राउ गरेको थियो।

पक्राउ परेका नेपाली विरुद्ध कास्की जिल्ला अदालतबाट चोरीको उद्योगमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.