Fast Nepal News

गृहमन्त्री रवि लामिछाने विरूद्धको रिट हेर्दाहेर्दैमा

banner single news

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरूद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ ।

मंगलबार उक्त रिट न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएको थियो । सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । सहकारी ठगी प्रकरणमा लामिछानेको संलग्नता देखिने गरी जाहेरीसमेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए ।

Inside Article Ads

रिटमा गृहमन्त्री लामिछाने पदमै रहँदा अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव र प्रतिकूल असर पार्नसक्ने दाबी गर्दै उनलाई पदबाट निलम्बन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का नाममा अन्तरिम आदेशको माग गरिएको छ ।

 

Visited 23 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.