Fast Nepal News

दोस्रो बागमती राष्ट्रिय स्तरिय पारा एथलेटिक्स प्रतियोगिता २०८१ आजबाट शुरु

banner single news

काठमाण्डौ। बागमती प्रदेशकी युवा तथा खेलकुद विकास मन्त्री रमा आलेले खेलकुद विकास परिषद बागमती प्रदेशद्वारा आयोजित दोस्रो बागमती राष्ट्रिय स्तरिय पारा एथलेटिक्स प्रतियोगिता २०८१को उदघाटन गर्नुभएको छ । उक्त प्रतियोगिताको उद्घाटन सत्रमाबोल्दै मन्त्री आलेले खेलाडीलाई सफलताको शुभकामना व्यक्त गर्दै आफनो कार्यकाल अवधिमा पारा खेलकुदलाई अझ प्रोत्साहन मिल्ने गरि रणनीति तयार गर्दै आफू अघि बढिरहेको उल्लेख गर्नुभयो ।

त्यसैगरि, राष्ट्रिय पारालिम्पिककी अध्यक्ष राधा घलेले नेपालले इतिहासमै पहिलो पटक पारा ओलम्पिक खेलमा स्वर्ण पदक जितेको स्मरण गराउनु हुँदै हालै चीनमा सम्पन्न एशियाड खेलकुदमा पारा ओलम्पियन पलेशा गोबर्धनले अहिलेसम्मकै इतिहासमा कास्य पदकसहित उच्च पदक जित्दै देशलाई ठूलो सफलता दिलाएको उल्लेख गर्नुभयो ।

सो अवसरमा राष्ट्रिय पारालिम्पिकका महासचिव पशुपति पराजुलीले प्रदेश स्तरमा पारा खेल कार्यक्रम आयोजना गर्ने अवसर प्राप्त हुनु सुखद पक्ष रहेको बताउनुभयो ।

त्यसैगरि काठमाण्डौ जिल्ला युवा समिति अध्यक्ष रुपा थापा मगरले फरक क्षमता भएका व्यक्तीहरुलाई घरबाट नै बहिष्कार शुरु हुने गरेको उल्लेख गर्नुहुँदै राष्ट्रले पनि विगतमा पारा खेलकुदलाई बजेट नछुटयाउने गरेको गुनासो गर्नुभयो ।

Inside Article Ads

सो अवसरमा काठमाण्डौ जिल्ला युवा समिति अध्यक्ष रुपा थापा मगर र पारा ओलम्पियन बिक्रम बहादुर रानालाई सम्मान गरिएको थियो । रानालाई १६ हजार नगद राशीसहित सम्मान गरिएको हो । उहाँहरुलाई सम्मान पत्र प्रदान गर्नुपूर्व खेलकुद विकास परिषद, बागमती प्रदेशका बोर्ड सदस्य प्रल्हाद दाहालले त्यहाँ उल्लेख भएको व्यहोरा वाचन गर्नुभएको थियो।

दोस्रो बागमती राष्ट्रिय स्तरिय पारा एथलेटिक्स प्रतियोगिता २०८१ असार १८ र १९ गरि दुई दिनसम्म चल्ने र ओमनाथ शिवाकोटीको संयोजकत्व कार्यक्रम भएको पनि दाहालले जानकारी दिनुभयो । कार्यक्रममा नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टीका प्रसाद घिमिरे लगायतको सहभागीता रहेको थियो ।

उदघाटन सत्र लगत्तै आयोजित प्रतियोगिता अन्तर्गत पहिलो चरणमा भ​एका केहि खेलका विजेता खेलाडीहरुलाई पदक समेत वितरण गरिएको छ । लगनखेलमा जारी उक्त प्रतियोगिता अन्तर्गतका अन्य खेलहरु जारी रहेका छन । प्रतियोगितामा १४ विधाका विभिन्न खेलका खेलाडीहरुसहभागी छन ।

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.