Fast Nepal News

भारतीय क्रिकेट टोलीका ओपनर विराट कोहली सँगै अन्य खेलाडिले सन्न्यासको घोषणा

banner single news

भारतीय क्रिकेट टोलीका ओपनर विराट कोहलीले आईसीसी टी–२० विश्वकप २०२४ जितेसँगै सन्न्यासको घोषणा गरेका छन्।

भारतले शनिबार राति आईसीसी टी–२० विश्वकप फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि जितेको थियो।

विश्वकप जितेलगत्तै कप्तान रोहित शर्मा र ओपनर अलराउण्डर रविन्द्र जडेजाले समेत टी–२० आईबाट सन्न्यासको घोषणा गरेका छन्।

Inside Article Ads

३५ वर्षीय जडेजाले ७४ टी–२० आई खेलमा ५४ विकेट लिनुको साथै ५१५ रन बनाएका छन्। उनले सन् २००९ मा श्रीलंकाविरुद्ध कोलोम्बोमा टी–२० आईमा डेब्यू गरेका थिए।

म टी–२० क्रिकेटलाई बिदाई गर्दछु। मैले मेरो देशलाई सधैं आफ्नो उत्कृष्ट योगदान दिएको छु। अन्य ढाँचा टेष्ट र ओडीआईको क्रिकेटलाई निरन्तरता दिनेछु, जडेजाले सामाजिक सञ्जालमा लेखेका छन्।

Visited 24 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.