प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेट भएको हो । भेटमा समसामयिक राजनीतिका विषयमा छलफल भएको बताइएको छ ।
यसअघि, आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बीच भेटवार्ता भएको थियो । उनीहरुबीच भेटको क्रममा गृहमन्त्री रवि लामिछाने पनि सहभागी भएका थिए ।
सिंहदरबारमा आइतबार भएको भेटमा समसामयिक परिस्थिति र सरकारका कामबारे छलफल भएको बताइएको छ । उनीहरुबीच शान्ति प्रक्रिया टुंगोमा पुर्याउने विषयमा समेत छलफल भएको बताइएको छ ।
एमाले अध्यक्ष ओलीले शनिवार प्रमुख प्रतिपक्षी दलका नेता देउवासँग लामो संवाद गरेपछि प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच हिजो भेटवार्ता भएको हो । एमाले अध्यक्ष ओलीलाई भेट्न सभापति देउवा श्रीमती आरजु देउवा राणासहित बालकोट पुगेका थिए ।
बुढानिलकण्ठस्थित सभापति देउवाको निवासमा दिउँसो ३ बजे बस्ने गरी पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाइएको हो ।