Fast Nepal News

विश्वको पहिलो कृषि रियालिटी गेम शो ‘आरएडब्ल्यू ‘को आवेदन फर्म खुल्ला

banner single news

विश्वको पहिलो कृषि रियालिटी गेम शो आरएडब्ल्यू रिभोलुसनरी एग्रिकल्चर वारको शुभारम्भसँगै कृषि क्षेत्रको रणनीतिक रूपान्तरण हुने भएको छ ।

क्रान्तिकारी कृषि युद्ध आरएडब्ल्यू ले कृषि, उद्यमशीलता, र जलवायु परिवर्तनका विषयवस्तुलाई केन्द्रमा राखेको छ । तीनै तहका सरकारहरुसँग साझेदारी गर्दै हालसम्म, विभिन्न स्थानीय सरकारहरू, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशु विज्ञान अध्यन संस्थानलगायतसँग साझेदारी भएको छ ।

हिमालय टेलिभिजनबाट प्रसारण हुने यस कार्यक्रमको होष्ट महानायक राजेश हमाल रहेका छन् । व्यावसायिक किसान र बीएससी कृषि वा सो सरह अध्ययन गरेका व्यक्तिहरूले आवेदन दिन सक्छन् भने कार्यक्रममा १६ वटा विषयगत एपिसोडहरू हुने छन् ।

जसमा सहभागीहरूको प्रस्तुतिलाई निर्णायकहरूको प्यानलले मूल्याङ्कन गर्नेछ । निर्णायकहरूको प्यानलमा कृषि मन्त्रालयका पूर्व सचिव डा योगेन्द्रकुमार कार्की, कृषि अर्थशास्त्री डा नम्रता पाण्डे र अन्य विषय विज्ञहरू छन् ।

Inside Article Ads

राष्ट्रिय धान दिवसको अवसरमा एक समारोहका बीच आरएडब्ल्यूको आवेदन फर्म खुल्ला गरिएको छ । ललितपुर महानगरपालिका–२१, खोकनाको सहकार्यमा, प्रमुख अतिथि, माननीय पूर्व कृषिमन्त्री छविलाल विश्वकर्मा, महानायक राजेश हमाल, पूर्वसचिव डा। योगेन्द्रकुमार कार्कीलगायत विशिष्ट व्यक्तित्वहरू को साथमा आवेदन फर्म खुल्ला र रोपाई उत्सव कार्यक्रम सम्पन्न भएको छ ।

आरएडब्ल्यू एक रियालिटी गेम शो हो, जुन कृषि उद्यमशिलतालाई प्रवर्दन गर्दै समुन्नत समाज निर्माणको दृष्टिकोणका साथ ल्याइएको जनाइएको छ ।

Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.