Fast Nepal News

शरणार्थी प्रकरणमा संलग्न बेचन झा पक्राउ

banner single news

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपमा प्रहरीले बेचन झालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार राति प्रहरीले झालाई पक्राउ गरेको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पतालमा लगिएको छ । उनलाई नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यही प्रकरणमा शुक्रबार नै पूर्वगृहमन्त्री बादल थापाका छोरा प्रतीक थापा पक्राउ परेका थिए ।

Inside Article Ads

यसअघि प्रहरीले झाको वतनको पूरा विवरण नखुलेको भन्दै खुलेका बखत पुनस् अनुसन्धान गर्नेगरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । एकजना पीडितले झालाई २ करोडको चेक दिएको खुलेको थियो । आफू पक्राउ परेपछि टोखा नगरपालिका ६ धापासीका रामशरण केसीले झालाई २ करोडको चेक दिएको बयान दिएका थिए । झाले भुटानी शरणार्थी सम्बन्धी मन्त्रिपरिषदबाटै निर्णय गराउने भन्दै रकम असुल गरेको स्रोतको दाबी छ ।

Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.