Fast Nepal News

पहिरोमा पुरिएर चार जनाको मृत्यु , एक जना बेपत्ता

banner single news

गुल्मीमा पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

जिल्लाको मालिका गाउँपालिका वडानम्मर –६ कडेल पाटामा भेषबहादुर बिकको घर पहिरोले पुर्दा एकै परिवारका चार जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताएका छन्।

पहिरोमा पुरिएर भेषबहादुर बिक, बुहारी सिता बिक, नातिनी सपना बिक र बिना बिकको शव फेला परेको मालिका गाउँपालिका वडानम्बर–६ का वडाअध्यक्ष दिपक भण्डारीले बताएका छन् । पहिरोमा भेषबहादुरकी श्रीमती बेपत्ता भएको प्रहरीले जनाएको छ ।

Inside Article Ads

उनको खोजीकार्य भइरहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताएका छन् । घटनास्थलमा उद्धारका लागि प्रहरी, स्थानीय जनप्रनिधि र रेडक्रसको टोली घटनास्थलमा पुगेका छन् ।

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.