Fast Nepal News

वर्षाका कारण पृथ्वी राजमार्ग भएर गुड्ने गाडी र यात्रु प्रभावित

banner single news

पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–१४ मा पर्ने सडकखण्ड भासिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार लगातारजसो पानी परेका कारण बुधबार बिहान साढे ६ बजेतिर सडक भासिएको हो ।

सडक भासिएपछि पृथ्वी राजमार्ग भएर गुड्ने गाडी र यात्रु प्रभावित भएका छन् । सडकको केही भाग भत्केको अवस्था छ । मर्मतपछि अहिले एकतर्फी खुलेको र दुईतर्फी नै खुलाउन पहल भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Inside Article Ads

यस्तै वर्षाकै कारण मोरङको विराटनगर महानगरपालिकाका विभिन्न वडाका बस्ती डुबानमा परेका छन् । विराटनगर महानगरपालिका वडा नम्बर ५, ६, ११ र १२ नम्बर वडाका बस्ती डुबानमा परेका हुन् । विशाल चोक, सम्झना चोक, पृथ्वी चोकलगायत धेरै ठाउँ जलमग्न भएका छन् । घरघरमा पानी पसेपछि स्थानीयबासिन्दा समस्यामा परेका छन् ।

विराटनगर महानगरपालिका वडा नम्बर–४ को राजवंशी चोक आसपास परेको पानी बस्तीमा पसेको छ । प्रभावितलाई सुरक्षित ठाउँमा सारिएको महानगरका मेयर नागेश कोइरालाले जानकारी दिएका छन्।

 

Visited 19 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.