Fast Nepal News

‘प्रचण्ड’ले नेपाल आइडल विजेता करण परियारलाई दिए गितार उपहार

banner single news

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल विजेता करण परियारलाई आज बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर बधाई दिएका छन् ।

उक्त अवसरमा उनले विजेता परियारलाई गितार उपहार दिएका छन् ।

प्रधानमन्त्री दाहालले विजेता परियारलाई बधाई दिदै सङ्गीतका खासखास कार्यक्रम आफूले हेर्ने गरेको उल्लेख गर्दै युवापुस्ताका हरेक सुखदुःखमा आफू साथमै रहेको बताएका छन् ।

Inside Article Ads

सो अवसरमा प्रधानमन्त्री दाहालले साङ्गीतिक क्षेत्रमा राम्रो सम्भावना र भविष्य भएकाले परियारले निरन्तर साधनामार्फत देशकै प्रतिष्ठा बढाउन मेहनत गर्ने विश्वास व्यक्त गरेका छन्।

Visited 24 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.